प्रमुख समाचार Wednesday, 8 Feb, 2017
Prestige Media

घुरबाट आगो सल्किँदा तीन घर जलेर नष्ट

पर्सा, २६ माघ । पर्साको लखनपुर गाविसमा आज बिहान भएको आगलागीमा तीन घर जलेर नष्ठ भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा वडा नं ५ निवासी दरोगा यादव, दुर्गा यादव र हरि यादवको घर जलेर नष्ट भएको हो ।

हरि यादवको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएको आगोले दरोगा र दुर्गा यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ३ः४५ बजे भएको आगलागीमा परी हरि यादवको गोठमा बाँधिएको दुईवटा भैँसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट तीनवटै घरमा राखिएको अन्न, लत्ताकपडा खाद्यान्न, नगद तथा जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता जोशीले बताउनुभयो । आगलागीमा परी करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

आगोलाई प्रहरी चौकी महुवन, स्थानीय बासिन्दा र वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL