Breaking News Monday, 6 Feb, 2017
Prestige Media

हिमाखोला पक्की पुल निर्माण कार्य अलपत्र

जुम्ला, २४ माघ । यहाँको सिंजा भेकमा पर्ने शनिगाउँ गाविसस्थित हिमाखोलाको पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा परेको छ ।

यो पक्की पुल निर्माणका लागि २०१३ अक्टोबर ३१ तारिखमा शान्तिराम जेभी कौशलटारसँग सम्झौता भएको थियो । रु दुई करोड २४ लाख ६९ हजार बजेटमा निर्माणका लागि सम्झौता भएको पुलको निर्माण कार्य अहिलेसम्म हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका सव–इञ्जिनियर चूडामणि भट्टले जानकारी दिनुभयो ।

“पुल निर्माणका लागि जेभीका प्रतिनिधि ब्रमजङ्ग बमले रु ४४ लाख पेस्की लिइसक्नुभएको छ, निर्माणका हिसाबले भने एकातिरको फाउन्डेसन तयार र केही कच्चा पदार्थ जम्मा गर्नेबाहेक अरु केही भएको छैन” – सव–इञ्जिनियर भट्टले भन्नुभयो ।

उहाँले थप्नुभयो – “यो ठेक्काको सम्झौताको म्याद थपिएको छैन । निर्माण कार्य सञ्चालन नभएकाले जिविसले २०७१ पुस ६ गते कालीकोट जिल्ला प्रहरी कार्यालयसँग जेभीका प्रतिनिधिलाई पक्राउ गरी हाजिर गराउन चिठी काटेको थियो । तर पनि उनी सम्पर्कमा छैनन् ।”

विसं २०७२ मा असार, मङ्सिर र चैत महिना गरेर तीनपटक ताकेता पत्र दिँदा पनि बम सम्पर्कमा नआएको जिविसले जनाएको छ । ठेक्का प्रक्रिया आफैँमा झन्जटिलो भएकाले अब नयाँ विकल्प खोज्ने र उक्त ठेकेदारलाई कालोसूचीमा राख्ने बताइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL