Breaking News Thursday, 2 Feb, 2017
Prestige Media

छब्बीस दिनदेखिको सडक बन्द फिर्ता

खोटाङ, २० माघ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन साताअघि देखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ ।

जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालीन सडक बन्द जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्षसहित बसेको सर्वदलीय–सर्वपक्षीय बैठकमा ‘महुरेगढी गाउँपालिकालाई कायम गर्न’ जिल्लाका सबै दलले सहयोग गर्ने बताएपछि बुधबारदेखि सडक बन्द फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो ।

“राजनीतिक दलले हाम्रो माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्”, संयोजक कार्कीले भन्नुभयो, “जिल्लास्थित राजनीतिक दलद्वारा गठित शान्ति समितिमार्फत नै हाम्रो मागका विषयमा दलले आयोगसमक्ष पहल गर्ने भनेपछि सडक बन्द फिर्ता लिएका हौँ ।”

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले महुरेगढी गाउँपालिकामा समावेश गरेको बुइपा, राजापानी, विजयखर्क र नुनथला गाविसमध्ये आयोगले बुइपा र नुनथलालाई रुपाकोट मझुवागढी नगरपालिकामा तथा राजापानी र विजयखर्क गाविसलाई हलेसी तुवाचुङ नगरपालिकामा समावेश गरेको छ । आयोगका सदस्य डा. श्याम भुर्तेलले काठमाडौँमा बस्ने केही नेताको लहलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि विरोध गरिएको महुरेगढी गाउँपालिका सङ्घर्ष समितिका सदस्य एवम् युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष दिनेश राईले बताउनुभयो ।

पुनःसंरचना आयोगले खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका बनाउन सिफारिस गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टबाटै जिल्लामा मध्यपहाडी लोकमार्ग बन्द गरेर विरोध भइरहँदा काठमाडौँमा राकेश राईको संयाजेकत्वमा गठन गरिएको सङ्घर्ष समितिले निर्णयलाई सच्याउन माग गर्दै प्रधानमन्त्री, दलका प्रमुख लगायतलाई भेटेर दबाब दिइरहेको छ ।

जिल्लास्थित राजनीतिक दलले पनि जिल्लाबाट सिफारिस गरिएका प्रतिवेदन जस्ताको तस्तै पारित गर्नुपर्ने बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै माग गरेका छन् । जिल्लाबाट सिफारिस गरिएको भन्दा आयोगले फरक खाकाको प्रतिवेदन बुझाएकाले जिल्लाको सिफारिस नै कायम गर्न माग गरिएको नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य विष्णुकुमार राईले जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL