Breaking News Friday, 27 Jan, 2017
Prestige Media

महिला हिंसा विरुद्ध राज्य सशक्त भएर उभिन्छ

पोखरा, १४ माघ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले मुलुकको समग्र विकासका लागि महिला सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

पोखरा– १६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा उहाँको सम्मानमा आज यहाँ आयोजित समारोहमा मन्त्री खड्काले महिला सशक्तिकरण कार्यलाई राज्यले विशेष प्राथमिकतामा राखेको छ भन्नुभयो ।

उहाँले कुनै पनि प्रकारका महिला हिंसा राज्यलाई स्वीकार हुने छैन्, यसका विरुद्ध राज्य सशक्त भएर उभिन्छ भन्दै हिंसामा परेका महिला, सडक बालबालिका र वृद्धवृद्धाको संरक्षणको दायित्व सरकारले लिने धारणा व्यक्त गर्नुभयो ।

‘स्थानीय तहको निर्वाचन जतिसक्दो छिटो होस् भन्ने चाहना र प्रतिवद्धता सरकारको छ, मन्त्री खड्काले भन्नुभयो – यस सम्बन्धी विधेयक पास गराउन फास्ट ट्र्याकबाट अघि बढेकाले अव निर्वाचन हुँदैन कि भनेर कसैले शङ्का गर्नु हुदैन् ।’

राष्ट्रिय परोपकार महासङ्घका अध्यक्ष पण्डित कमलनयन गौतमले समाज, राष्ट्र र जनताको हितका लागि असल नियतका साथ काम गरेमा त्यस्ता व्यक्तिलाई समाजले सधँै सम्मान गरिरहने बताउनुभयो ।

क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो समारोहमा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्ण केसी, राप्रपाका जिल्ला अध्यक्ष जयलाल पुन र अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष पद्मबहादुर कार्कीलगायतले समाजसेवाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

समारोहमा बाटुलेचौरका ४७ भन्दा बढी सङ्घ संस्थाले मन्त्री खड्कालाई अभिनन्दन गरेका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL