Breaking News Thursday, 26 Jan, 2017
Prestige Media

एक्काइस महिनापछि रगनीमा अनुदानको पहिलो किस्ता

रगनी (ओखलढुङ्गा), १३ माघ । श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि यहाँका जनप्रतिनिधिले पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – सबै जनता र राजनीतिक दलहरु मिलेर देश र जनताको भलो हुने काम गर्नुपर्छ, जनतालाई परेको अप्ठेरोलाई सुल्झाउने काममा ओखलढुङ्गाका सांसदले सक्रिय रुपमा काम गरेर आफूलाई सक्षम सावित गरिसक्नुभएको छ ।

सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गर्नुभएको थियो ।

सांसद रामहरि खतिवडाले सबै राजनीतिक दल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा जिल्लाको पलापुबाट सुरु गरिएको अनुदान वितरणसहितको एकीकृत घुम्ती शिविरबाट जिल्लाका अधिक जनता लाभान्वित मात्र भएको होइन अरु जिल्लाका लागिसमेत यस्तो कार्यक्रम नमुना बनेको धारणा व्यक्त गर्नुभयो ।

अर्का सांसद यज्ञ सुनुवारले भूकम्प प्रभावितमध्ये सबैभन्दा बढी मानवीय र भौतिक पूर्वाधारको क्षति भएको रगनीमा आयोजना भएको घुम्ती शिविरबाट स्थानीय जनता निकै लाभान्वित भएको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागार्इंले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिनुभयो ।

गाविस सचिव प्रदीप पौडेलले जिल्लाका सबै राजनीतिक दलबीच भएको सहमतिअनुरुप घुम्ती शिविरमा आवास अनुदान वितरणका साथै जिल्ला प्रशासनबाट नागरिकता, निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र, महिला कार्यालयबाट अपाङ्गलाई परिचयपत्र वितरणका साथै नेपाली सेनाबाट स्वस्थ्य शिविरजस्ता सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ ।

ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको जानकारी दिइयो । भूकम्प गएको २१ महिनापछि रगनी गाविसका स्थानीयवासीले आवास निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गर्न लागेका हुन । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL