Breaking News Tuesday, 24 Jan, 2017
Prestige Media

दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्दै

खोटाङ, ११ माघ । कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्ने भएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण सडक गुणस्तरहीन बन्ने भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा बिच्छ्याइएको ग्राभेल (रोडा÷ढुङ्गा) अहिले नै फुटेर धुलो भएको स्थानीय भीम राईले बताउनुभयो । “सडकमा बिच्छ्याइएको ग्राभेल फुटेर माटो जस्तै भएको छ ।” उहाँले भन्नुभयो, “अहिले नै ध्यान नपु¥याउने हो भने बनेको वर्ष दिनमै कालोपत्रे उप्किने निश्चित छ ।”

दुई वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडकमा अहिले ग्राभेलिङको काम भइरहेको छ । सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो, फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ ।

सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीय उद्दिम चाम्लिङले बताउनुभयो । “प्रशासनकै आँखा अगाडि गुणस्तरहीन काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “कामको जिम्मा लिने ठेकेदारलाई तत्काल प्रशासनमा झिकाएर कारबाही गर्नुपर्छ ।”

सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएका छन् ।

कालोपत्रे गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन । निर्माणस्थलमा खटिएका इन्जिनियरले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् ।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर, सूर्यदेवी–कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम थालिएको हो ।

करिब दश वर्षअघिदेखि यातायात सु्चारु भएको सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्तगतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL