Breaking News Tuesday, 24 Jan, 2017
Prestige Media

खाजा खर्च कटाएर मिर्गाैलापीडितलाई सहयोग

फलेवास (पर्वत), ११ माघ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन् ।

जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो । उक्त सहयोग रकम आइतबार एक कार्यक्रमको अवसरमा पर्वत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट रु २४ हजार ३४० हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशीले विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर मिर्गौलापीडितको लागि गरेको काम उदाहरणीय रहेको बताउनुभयो । एक परिवारमा समस्या पर्दा विद्यार्थी पनि सक्रिय भएर आर्थिक एवम् अन्य सामाजिक सहयोगमा लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले एकै परिवारका चार सदस्यको मिर्गौला फेल हुँदा परिवारमा हुने पीडालाई कसैले पनि भन्न नसकिने बताउनुभयो ।

उहाँले मिर्गौलापीडितको लागि सरकारको सहयोग उपलब्ध गराउने भन्दै आफूले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको समेत बताउनुभयो । रकम बुझ्दै पीडित शर्माले विभिन्न सहयोगी हातको सहाराले उपचार जुटेको जनाउँदै परिवारिक बज्रपातमा विद्यार्थीले पनि ठूलो गुन लगाएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य कुलप्रसाद पाध्या लगायतले बिद्यार्थीहरुले मिर्गौला पिडित परिबारको लागि सानो भएपनि सहयोग जुटाएकोमा खुसी ब्यक्त गर्नूभएको थियो ।

बिद्यार्थी तथा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक शिशिर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी दिपेन्द्र पोख्ररेलले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL