Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

मध्यपहाडी लोकमार्ग निर्माणमा लापर्वाही

जाजरकोट, ९ माघ । निर्माण सुरु भएको ७ वर्षसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने कार्य पूरा भएको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो लोकमार्गको सम्बन्धित पक्षको उदासीनताका कारण जाजरकोट खण्डको ट्र्याक खोल्ने काम निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि नसकी अलपत्र छ ।

एकैसाथ निर्माण कार्य सुरु गरेको लोकमार्गको रुकुम र दैलेखखण्डमा समयमै काम पुरा गरेर दुईवर्ष अघिदेखि यातायात सेवा सञ्चालन भइरहेको छ । लोकमार्गको जाजरकोटखण्ड सडक आयोजना र निर्माण कम्पनीको चरम लापर्वाहीले अलपत्र परेको हो । ठेक्का सम्झौता भएको मितिले दुई वर्षमै पुरा गर्नुपर्नेमा सडकको ट्र्याक खोल्ने कार्यसमेत ७ वर्ष बित्दा पनि अलपत्र छ । लोकमार्गको जाजरकोटखण्डको सडक निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको चरम लापर्वाहीले लोकमार्गको दर्जनभन्दा बढी ठाउँमा निर्माण कार्य अलपत्र पारिएको छ ।

जाजरकोटको कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटरअन्तर्गत जिल्लाको कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभिर, कालढुङ्गा थलहबजार, चुवादेउली भिर, फाल्मा, साल्माको भुसखोलालगायतका स्थानमा निर्माण कार्य अलपत्र पारिएको छ । उक्त लोकमार्गअन्तर्गत थलहगाड पुल, भेरी पुल, बङ्ग्रेखोला पुल र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ ।

सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य अधुरै छ । काम नै सुरु नभएका मन्ताभिर र थलहगाडको पुल निर्माण, ट्र्यक खोल्ने कार्य सम्पन्न भएको प्रतिवेदन दाङस्थित मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना कार्यालयले एक वर्षअघि सडक विभागमा बुझाइसकेको छ ।

एक किलोमिटर दूरीको मन्ताभिर र थलहगाडको पुल निर्माण कार्य अझै पनि सुरु भएको छैन । आयोजनाले जाजरकोटखण्डको निर्माणमा एक अर्ब बढी खर्च गरेको छमन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न सकेको थिएन । विगतमा ढिलासुस्तीका कारण काम सुरु नगरेका निर्माण कम्पनी तथा व्यवसायीलाई काम सुरु गर्न ताकेता गरेको कार्यालयका इन्जिनियर नारायणप्रसाद निउरेले बताउनुभयो ।

“जसरी भए पनि सम्झौताको काम म्यादभित्र पूरा गराउन कार्यालय लागेको छ, तोकिएको मितिमा काम पूरा नगर्ने व्यवसायीको ठेक्का तोड्ने र उनीहरूको फर्मलाई कालोसूचीमा राख्छौँ” –निउरेले भन्नुभयो । “मन्ताभिरको चट्टान काट्न व्यवसायी तयार भएकाले अब छिट्टै काम सुरु हुन्छ, अबको केही दिनमै मन्ताभिरको चट्टान काट्न मेसिन जाँदै छ”–उहाँले भन्नुभयो ।

लोकमार्गको समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि ठाउँठाउँमा जीर्ण हुन थालेको भुरका स्थानीयवासी पूर्णदेव शर्माले बतानुभयो । “ग्याभिङ, वाल, नाली, वाइडिङ, पुल निर्माणलगायत कार्य निर्माणमा चरम लापर्वाही छ, फाउन्डेसन बिनाको वाल बनाइएको छ, गरेको काम पनि गुणस्तरहीन छ”–शर्माले भन्नुभयो ।

राष्ट्रिय महत्वको लोकमार्ग निर्माणमा लापर्वाही गर्ने व्यवसायी तथा सम्बन्धित निकायलाई कारर्वाहीको दायरामा ल्याउनुपर्ने शर्माको माग छ । लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति सरकार पनि उदासीन भएको भेरीमालिका नगरपालिका–११ का इमाश्वर देवकोटाले बताउनुभयो । “हामीले प्रधानमन्त्रीलाई यसमा भएको अनियमितता ढिलासुस्ती तथा सरकारबाट अनुगनमनका लागि ज्ञापनपत्र बुझाएको थियौँ, कुनै सुनुवाइ भएन”, देवकोटाले भन्नुभयो । पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको जुलाघाट पुग्ने एक हजार ६६५ किलोमिटरको लोकमार्गको जाजरकोटखण्डले सदरमुकामलाई समेत छुन सकेको छैन । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL