प्रमुख समाचार Sunday, 22 Jan, 2017
Prestige Media

भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्

बनेपा, ९ माघ । काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् ।

व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो किस्ताबापतको रु ५० हजार पाउन नसकेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्लाका ७५ गाविस र पाँच नगरपालिकामा ६७ हजार सात सय ११ लाभग्राहीमध्ये ६२ हजार चार सय १३ जनासँग मात्रै अनुदान सम्झौता भएको छ । स्थानीय विकास अधिकारी टेकराज निरौलाले जिल्लाका १२ गाविसमा मात्रै पूर्ण रुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण गर्न अझै निर्देशिका नआएको बताउनुभयो ।

अनुदान सम्झौता भएका गाविसमा मिल्चे, साल्धारा, विर्ता देउरालीलगायत पर्छन् । “विविध कारणले अझै पनि छुट भएका गाविस र नगरपालिकाबाट अनुदान सम्झौताका लागि आउने क्रम जारी छ ।” निरौलाले भन्नुभयो ।

उहाँले काभ्रेपलाञ्चोकमा पुनः निर्माणको कामबारे पनि कुनै प्रतिवेदन नआएको उल्लेख गर्दै दोस्रो किस्ताबापतको रकम आउन अझै केही समय लाग्ने बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL