Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन, ९ माघ । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ ।

कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु ६ अर्ब ८९ करोड ५५ लाख एक हजार राजस्व असुली भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु चार अर्ब ५४ करोड ४६ लाख ४३ हजार राजस्व असुल भएको थियो । चालु आर्थिक वर्षको ६ महिनाको लक्ष्य रु ६ अर्ब ६२ करोड ७६ लाख १२ हजार रहेको छ ।

कुल असुली लक्ष्यको एक दशमलव चार प्रतिशत हुन आउछ । गतवर्ष यसै अवधिमा लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व असुली भएको थियो । यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी अन्तशुल्कमा रु पाँच अर्ब ६७ करोड २१ लाख ९२ हजार राजस्व असुली भएको उहाँले बताउनुभयो ।

जुन लक्ष्यको एक सय एक दशमलव दुई प्रतिशत हुन्छ । गत वर्षयसै अवधिमा रु तीन अर्ब ५७ करोड ८ लाख ६४ हजार अन्तशुल्क असुली भएको थियो । चालु आर्थिक वर्षमा आयकर रु ५९ करोड ५६ लाख ३० हजार, घर बहाल कर रु पाँच करोड ६१ लाख ७३ हजार, ब्याज कर रु तीन करोड ५८ लाख ४३ हजार, मूल्य अभिवृद्धि कर रु ४८ करोड ६१ लाख ९३ हजार, स्वास्थ्य सेवा कर रु तीन करोड ६५ लाख ६९ हजार र शिक्षा सेवा कर रु एक करोड २९ लाख २ हजार असुली भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख थानप्रसाद पङ्गेनीले यसवर्षको लक्ष्य रु १४ अर्ब ६३ करोड ७७ लाख ९५ हजार रहेको बताउँदै कर असुलीका लागि विभिन्न अभियान गर्दै आएको बताउनुभयो । उहाँले बजार अनुगमन, सङ्कलन भ्रमण, कर प्ररिक्षण, अन्तक्र्रिया लगायतका विभिन्न प्रयास भइरहेको भन्दै लक्ष्यभन्दा राम्रो गर्न सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । चितवन जिल्ला र नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र हेर्दै आएको यस कर कार्यालयमा ४० हजार भन्दा बढी करदाता छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL