Breaking News Friday, 20 Jan, 2017
Prestige Media

झापामा प्रथम स्वास्थ्य महोत्सवको तयारी पूरा

काँकडभिट्टा (झापा), ७ माघ । नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ ।

यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन् ।

महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच प्यानल छलफलसमेत गरिने भएको छ ।

महोत्सवको आयोजना नेपाली काँग्रेस, मेचीनगरले गरेको हो । महोत्सव अवधिभरमा २५ हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको आयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताउनुभयो ।

महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, प्रयोगशाला, औषधि बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङलगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।

महोत्सवमा रु २५ लाख खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकी बताउनुहुन्छ । सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उहाँको भनाई छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL