Breaking News Friday, 20 Jan, 2017
Prestige Media

इन्टरपोलका सहभागीलाई भक्तपुरमा भव्य स्वागत

भक्तपुर, ७ माघ । अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३ औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ ।

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको रुपमा विश्व प्रख्यात विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर परिसरमा गएराति आयोजना गरेको सांस्कृतिक कार्यक्रममा इन्टरपोलका टोलीलाई स्वागत गरिएको हो ।

काठमाडौँमा सुरु भएको तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल आएका एसिया क्षेत्रका उच्च प्रहरी अधिकृतहरु, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल प्रहरी, सुरक्षा निकायको उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा इन्टरपोलको टोलीलाई नगरपालिकाले स्वागत गरेको थियो ।

बिहीबार राति ७ बजे सुरु भएको भव्य सांस्कृतिक कार्यक्रममा सहभागी इन्टरपोलका टोलीलाई भक्तपुरका परम्परागत ऐतिहासिक महत्व बोेकेका नृत्य एवं झाँकीहरु देखाएर मनोरञ्जन दिइएको थियो ।

कार्यक्रमस्थलमा राखिएका बिभिन्न रङ्गका बत्तीले दरबार स्क्वायर परिसरमा रहेका प्रसिद्ध पचपन्न झ्याले दरबार, भूपतिन्द्र मल्लको सालिक, गोल्डेन गेट लगायतका संरचना आकर्षक देखिँदा सहभागी टोलीहरुले सम्पदाको खुलेरै प्रशंसा गरेका थिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको स्थानीय परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको माक प्याखः नाच, देवी नाच, लाखे नाच लगायतका विभिन्न नाच हेर्दै मदहोस भएका टोलीले रात छिप्पिँदै गएको पत्तै पाएनन् ।

कार्यक्रममा सांसद एवं भक्तपुर नगरपालिकाका पूर्व नगरप्रमुख प्रेम सुवालले इन्टरपोलका महासचिव जुर्गेन स्टकलाई भक्तपुरको चिनोस्वरुप मयूर झ्याल प्रदान गर्नुभएको थियो ।

राति करिब ९ः३० बजेसम्म सञ्चालित सांस्कृतिक कार्यक्रम हेरेपछि कार्यक्रम स्थलमा गाला डिनर गराइएको थियो भने नेवारी परम्परा अनुसार प्यालामा रक्सी वितरण गरेर परम्पराको झल्को दिइएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL