Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

भवनसंहिता मिचेर घर निर्माण

जाजरकोट, ६ माघ । यहाँको सदरमुकामस्थित भेरीमालिका नगरपालिका क्षेत्रभित्र भवनसंहिता मिचेर धमाधम घर निर्माण भइरहेका छन् ।

नयाँ नगरपालिकामा कर्मचारी पठाउन ढिलाइ गरेकाले स्थानीयवासीले भवनसंहिता पालन नगरी धमाधम आफूखुशी घर निर्माण गरेका हुन् ।

नगरपालिकाको बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्ग दर्शन, २०७२ भवनसंहिता लागू हुन सकेको छैन । नगरपालिका क्षेत्रभित्र एउटा घर बनाउनको लागि जग्गाको क्षेत्रफल कम्तीमा पनि ९० वर्ग मिटर हुनुपर्ने हो । जसमा एउटा घर निर्माणका लागि छ मिटर चौडाइ भएको जग्गा हुनुपर्ने हो तर यहाँ चार मिटरभन्दा कम चौडाइमा घर निर्माण भइरहेका छन् ।

तीस वर्ग मिटरभन्दा कम जग्गामा घर निर्माण भएको नगरपालिकाले जनाए पनि भुरचौर, कुदु, मटेला, सदरमुकाम खलङ्गाबजार, बाहुनथाना, कालेगाउँ, रावतगाउँ, रिम्नाबजारलगायतका स्थानमा भवनसंहिताको पालना नभएको हो ।

अधिकांश नगरवासीलाई भवनसंहिताबारे जानकारी नै छैन । कतिपयले त मापदण्ड थाहा पाएर पनि अटेरी गरेकाले बजारभित्रका अधिकांश घर भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेका छन् ।

खलङ्गा बजारका घर तथा भवन भवनसंहिता मात्रै उल्लङ्घन गरेर बनाइएको छैन । सडक तलमाथिको सार्वजनिक जग्गा मिचेरसमेत बनाइएको छ । जाजरकोट डोल्पा सडकको बीच भागबाट दायाँ–बायाँ आठ÷आठ मिटर हुनुपर्ने चौरजहारीस्थित जिल्ला सडक डिभिजन कार्यालयले भनेपनि खलङ्गाबजारका अधिकांश घर त्यो मापदण्ड अनुकुलका छैनन मापदण्डअनुसार अघि बढ्दा धेरैको घरबासविहीन हुने अवस्था छ ।
कर्मचारीको अभाव

नगरपालिकाले अहिलेसम्म कर्मचारी अभाव देखाउँदै भवनका नक्सा पासमा रोक लगाएपछि स्थानीयवासी बंैक कर्जा लिनबाट समेत वञ्चित भएका छन् । नक्सा पासका लागि आवश्यक सर्वेक्षक नभएको भन्दै सयौँ नगरवासीका घरका नक्सा पास अलपत्र पारेको हो ।

नगरपालिका घोषणा भएयता निर्माण भएका घर तथा भवनले समेत भवनसंहिता पालन नगरेको कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । नयाँ घर बनाइरहेका र बनाउने तयारीमा रहेका सबैलाई मापदण्डअनुसार बनाउन भनिए पनि अटेरी गरेको शर्माको भनाइ छ ।

मापदण्ड पु¥याएर घर बनाउन सबैको ध्यानाकर्षण गरेका छौँ, कार्यकारी अधिकृत शर्माको भनाइ छ । तर भवनसंहिता उल्लङ्घन गरेर निर्माण गरिएका घर तथा भवनको नगरपालिकाले नक्सा पास नगर्ने शर्माको भनाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL