Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

बन्द रहेको हेटौँडाबजार आजदेखि खुला

हेटौँडा, ६ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा स्थानीय सर्वसाधारणका घर भत्काएको विरोधमा स्थानीय व्यापारीले दुई दिनदेखि बन्द रहेको स्थानीय हेटौँडाबजार आज बिहानदेखि सञ्चालन भएको छ ।

मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भनी सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा गर्नुपर्ने भनी बुधबार सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ वटा भवन भत्काएको थियो ।

यसैबीच, सर्वसाधारण नागरिकको घर र जग्गाको उचित मुआब्जा दिएर मात्रै घर भत्काउनुपर्ने भनी मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले क्षेत्रीय सडक डिभिजन कार्यालयलाई माग गर्नुभएको छ ।

यसैगरी, क्षेत्रीय सडक कार्यालय, हेटौँडा उपनगरपालिकाअन्र्तगत रहेको स्थानीय रातोमाटेदेखि स्थानीय चौकीटोल र हेटौँडा–नारायणघाट सडकखण्डमा पर्ने करिब दुई हजार आठ सय घरलाई आगामी १५ दिनभित्र नभत्काउने गरी मालसामान सार्न अनुरोध गरी सूचना प्रकाशित गरेको सो कार्यालयले जनाएको छ ।

उक्त सडकखण्डको दुवैतर्फ २५–२५ मिटर छाड्नुपर्ने बाध्यताले गर्दा हजारौँ सर्वसाधारण नागरिक सुकुम्वासी बन्नुपर्ने अवस्था आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले पत्रकारसम्मेलन गरी बताउनुभएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL