Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

“चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछाँै”

बनेपा, ६ माघ । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी र झिउखोला दोभान भित्रको सिमानाभित्र हामी सबै चर्पीमा दिसा गर्नेछौँ र दिसा गरेपछि साबुन पानीले हात धुनेछौँ ।”

आ–आफ्नो आसनबाट सबैजना उठ्छन र सोही वाक्यांश दोहो¥याउँछन्, झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्ने वाक्यांश काभ्रेपलाञ्चोकको कोसिदेखा गाविसमा बुधबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीलाई शपथ खुवाएको हो ।

उहाँले गाविसको सिमानाभित्र खुल्ला दिसामुक्त घोषणा गरिएकाले चर्पीमा दिसा गर्ने र साबुनपानीले हात धुने प्रतिबद्धता पूरा गरेर गाविसलाई सरसफाइमा नमुना गाविस बनाउन पनि आग्रह गर्नुभयो ।

डिभिजन प्रमुख जैसीले सार्वजनिक स्थानमा नयाँ शौचालय निर्माण गर्न तथा निर्माण गरिएका शौचालय व्यवस्थित गर्न नसकेको चुनौती भएको उल्लेख गर्दै भूकम्पका कारण घर भत्केर एउटै छानामुनि, खोर, गोठ तथा भान्साकोठा सँगै रहेकाले सरसफाइमा बाधा आएको बताउनुभयो ।

कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताउनुभयो ।

केही वर्षअघि मात्रै चर्पी बनेको जानकारी दिँदै चर्पी नहुँदा खकुरेलले आफ्ना बालबालिकालाई वनपाखामा दिसा गराउन समाएर लैजानुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो । “खुल्ला दिसा बस्दा डर, त्रास भएको अनुभव हुन्थ्यो तर अहिले पानीको प्रबन्धसहित निर्धक्क दिसा बस्न पाइन्छ”, उहाँले भन्नुभयो ।

केही वर्षअघि मात्रै अधिकांशको घरमा चर्पी नभएको जानकारी दिँदै उहाँले गैरसरकारी संस्थाको अनुदानमा धेरैले चर्पी निर्माण गरेको बताउनुभयो । गैरसरकारी संस्था क्रिडाक नेपालकी सुपरभाइजर राधिका सुवेदीले चर्पी बनेपछि मानवीय व्यवहार पनि परिवर्तन भएको उल्लेख गर्दै एउटा चर्पीका लागि न्यूनतम रु पाँच हजार खर्च भएको बताउनुभयो ।

सो संस्थाका अनुसार चारसय ५० घरधुरी भएको गाविसमा चारसय ५० चर्पी निर्माण भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अनुसार जिल्लामा खुल्ला दिसामुक्त हुने गाविसको सङख्या ३२ पुगेको छ । सन् २०१७ को अन्त्यसम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी स्वस्थ्यकर बानीको विकास गर्दै पूर्ण सरसफाइ हासिल गर्ने लक्ष्य लिइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL