Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

जनतालाई समय सापेक्ष सूचना उपलब्ध गराउनुपर्छ – उपराष्ट्रपति

काठमाडौँ, ५ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले सभ्य समाज निर्माणका लागि राज्यले जनतालाई समय सापेक्ष सूचना उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित महत्वपुर्ण आदेश तथा फैसलाको सङग्रह सार्वजनिक कार्यक्रममा उहाँले नागरिकले सूचना प्राप्त गर्ने अधिकारलाई संरक्षण गर्नसकेमा भ्रटाचाररहित राष्ट्रको परिकल्पनाका लागि बलियो आधार तयार हुने विचार व्यक्त गर्नुभयो । सूचना भनेको राज्य र जनताको आँखा भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “जनता सूचनाको पहुँचमा हुनसकेमा मुलुकमा हुनसक्ने नराम्रा घटनाको अन्त्य हुन्छ तर राज्यका संवेदनशील विषयलाई जनताले बुझ्नुपर्छ, जनताले त्यस्ता सूचना माग्नु हुँदैन ।”

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले लोकतान्त्रिक मुलुकमा नागरिकलाई अधिकार सम्पन्न बनाउन सही समयमा सही सूचना उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउँदै माथिल्लो तहबाट नै सूचना दिने तथा सार्वजनिक गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना प्राप्त गर्ने नागरिकको मानवअधिकार भएकाले सार्वजनिक महत्वको सूचना लुकाउन नहुने बताउनुभयो । सूचना आयुक्त किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले कुनै पनि संस्थालाई पारदर्शी तथा नेतृत्वलाई जिम्मेवार बनाउन सूचनाको खाँचो औँल्याउनुभयो ।

राष्ट्रिय सूचना आयोगको वर्तमान नेतृत्वले अहिलेसम्म दुई हजार २२९ आदेश जारी गरेको ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL