प्रमुख समाचार Wednesday, 18 Jan, 2017
Prestige Media

पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्धन कार्यक्रम सुरु

भक्तपुर, ५ माघ । ब्रिटिस रेडक्रसको रु ४० करोडको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले उपत्यकालगायत नेपालको पाँच जिल्लामा उत्थानशील नगर प्रवद्र्घन र सहभागिता कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सञ्चालनमा ल्याएको सो कार्यक्रम आगामी २०२१ अगस्तसम्म सञ्चालन हुने सोसाइटीका केन्द्रीय सदस्य, विपद् व्यवस्थापन तथा सङ्कट व्यवस्थापन समितिका सभापति तथा भक्तपुर जिल्ला अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो ।

नगर केन्द्रित बहुखतरा जोखिम न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौँमा काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका, ललितपुरको बज्रबाराही र कार्यविनायक नगरपालिका, भक्तपुरको भक्तपुर र मध्यपुर थिमी नगरपालिका, कास्कीको पोखरा उपमहानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालन भएको थापाले जानकारी दिनुभयो ।

स्थानीय जनसमुदायको अगुवाइमा सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँगको समन्वय र सहकार्यमा सञ्चालन भएको कार्यक्रममा काठमाडौँको उत्थानशील नगर प्रवद्र्घन एवम् सहभागिता कार्यक्रमबाट विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकार सरोकारवाला निकाय र समुदायको क्षमता अभिवृद्घि हुनेछ ।

बढ्दो सहरीकरण, जनघनत्व, अव्यवस्थित वसोवास र आर्थिक विपन्नताले गर्दा नगरमा विभिन्न खालका खतरा र विपद्को जोखिम बढ्दो क्रममा रहेको बेलामा तिनलाई समाधान गर्न नेपाल सरकारको प्रयासलाई बल पु¥याउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

थापाका अनुसार प्रत्येक जिल्लामा २४ जना स्वयम्सेवकका दरले १२० जना स्वयम्सेवकले अहिले स्थानीयस्तरमा दलित, जनजाति, ज्येष्ठ नागरिक, विभिन्न धर्मावलम्बीलगायत विभिन्न व्यक्ति, उनका घरआँगनमा गएर विपद् जोखिम न्यूनीकरणबारे विविध तथ्याङ्क सङ्कलन गरिरहेका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL