Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

किसानले उखुको मूल्य पाएनन्

नवलपरासी, ५ माघ । यहाँका उखु किसानले सरकारले निर्धारण गरेबमोजिमको उखुको मूल्य पाउन सकेका छैनन् ।

सरकारले उखुको मूल्य प्रति क्विन्टल रु पाँच सय ३१ निर्धारण गरेको भएपनि किसानले प्रति क्विन्टल रु पाँच सय १७ मात्र पाउँदै आएका छन् । जिल्लाका चिनी उद्योगले किसानलाई सरकारले निर्धारण गरेको मूल्य दिन मनाही गर्दैआएका उखु उत्पादक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताउनुभयो ।

गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब २५ लाख क्विन्टल उखु उत्पादन भएको छ । हाल यहाँ लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । यस वर्ष उत्पादन भएको उखु जिल्लामा रहेका चिनी उद्योगका लागि निकै कम हो ।

चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने र कम मूल्यमा खरिद गर्ने भएकाले पछिल्लो सयम उखुखेती गर्ने किसान अन्य नगदेबालीतर्फ आकर्षित हँुुदै गएका छन् । “सरकारी निकायले अनुगमन नगर्दा किसान चिनी उद्योगबाट ठगिनु परेको छ,” अध्यक्ष यादवले भन्नुभयो ।

जिल्लामा सात हजार १४९ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएको छ । करिब ६८ प्रतिशत समतल खेत र ३२ प्रतिशत पाखोमा उखु उत्पादन हुन्छ । परासी र नवलपुर क्षेत्रको अधिकाश भागमा उखुखेती गरिन्छ । यहाँ एकसय वटा भेलिका क्रसर उद्योग छन् भने करिब १४ हजार किसान उखुखेतीमा आवद्ध रहेका तथ्याङ्क छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL