Breaking News Sunday, 15 Jan, 2017
Prestige Media

मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ – मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ ।

गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको 9N-ALA, AS 350 हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना ९सिचुवेसनल अवेरनेस० गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु भएको थियो ।

उक्त हेलिकप्टर दुर्घटना भएलगत्तै हवाई विभागका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीनमहिने कार्यअवधि पाएको आयोगले थप दुई महिना लगाएर प्रतिवेदन तयार गरेको हो । विस्तृत प्रतिवेदन छिट्टै ल्याइने आयोगले जनाएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदनअनुसार हेलिकप्टरका चालकले गोरखाको फिलिमबाट काठमाडौँ फर्कदा नुवाकोटको ककनी र चुच्चेभिर क्षेत्रको उत्तरी एवम् पूर्वी साइडमा तल्लो उचाइमा सोचेभन्दा फरक प्रकृतिको द्रुतगतिमा उत्पन्न भएको स्थानीय कुइरोमा छिरी परिस्थितिबस छिर्ने र निस्कने क्रममा साँघुरो उपत्यकामा चलाउने कौशलता नभएकाले गर्दा कुइरोमा रुमलिएर हेलिकप्टरको मुख्य पङ्खाले चुच्चेभिरको चट्टानमा छुँदा दुर्घटना भएको सम्भाव्य कारण प्रस्तुत गरिएको छ ।

अधिकांश दुर्घटनामा इन्जिनको खराबी देखिने गरेको भए पनि यो घटनामा मानवीय पक्षलाई कमजोरी औँल्याइएको यस प्रतिवेदनमा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र वायुयान सञ्चालकलाई पनि प्रश्न उठाइएको छ । आयोगका अध्यक्ष श्रेष्ठले दुर्घटनाग्रस्त हेलिकप्टर कुनै प्राविधिक त्रुटिका कारण नभई मानवीय स्वभावका कारण दुर्घटना भएको र यसमा नियामक निकायको पनि कमजोरी रहेको बताउनुभयो ।

उड्डयन सुरक्षाका लागि अपनाउनुपर्ने २१ बुँदे सुझाव प्रस्तुत गर्दै श्रेष्ठले सम्बन्धित कम्पनीको लापरबाही, नियामक निकायको प्रभावकारी अनुगमन नहुनु तथा चालकमा पर्याप्त प्रशिक्षणको अभावले यस्ताखाले घटना दोहोरिने गरेको भन्दै आगामी दिनमा यस्ता पक्षलाई विशेष निगरानी र नियमन गरिनुपर्नेमा जोड दिनुभयो ।

ककनी रुटबाट करिब पाँच हजार ५०० फिटको उचाइमा रहेको हेलिकप्टर बादलको मुस्लोका कारण रुट परिवर्तन गर्न खोज्दा भिरमा ठोकिन पुगेको थियो । सन् १९९३ मा निर्माण भएको दुई हजार २५० किलोग्राम क्षमताको सो हेलिकप्टर दुर्घटना अवधिसम्म नौ हजार ८२ घन्टा ५० मिनेट उडेको प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा पर्यटनमन्त्री शाहीले प्रतिवेदनले प्राविधिक पक्ष नभई मानवीय त्रुटि औँल्याइएकाले भविष्यमा यस्ता घटना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

दुर्घटनाको बारम्बार प्रतिवेदन बुझाउने तर तिनको कार्यान्वयन नहुने गरेको भन्दै मन्त्री शाहीले उड्डयन क्षेत्रलाई कसरी सुधार्ने भन्नेबारे नियामक निकाय र वायुयान सञ्चालकले जोखिमका कारण सुरक्षाका लागि अपनाउने रणनीतिबारे बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले उड्डयनको आधुनिक युगमा अन्तराष्ट्रिय मापदण्डको सेवा गुणस्तर कायम गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

आयोग सदस्यद्वय सैनिक हवाई महानिर्देशनालयका प्रमुख सेनानी क्याप्टेन सुभाष थापा र सिम्रीक एयर प्रा।लि। का इन्जिनियरिङ् विभागका कार्यकारी निर्देशक विष्णु बस्नेतले दुर्घटनामा परेको हेलिकप्टरको कुनै पनि प्राविधिक कमजोरी नभएको र आठ हजार मिटर भिजिबिलिटी भएको अवस्थामा दुर्घटना हुनुले मानवीय कमजोरी देखिएको बताउनुभयो ।

उहाँहरुले अनुभवी चालक भए पनि दुर्घटनाको दिन हतारिएको र टावरसँग सूचना लिन ढिला भएको अनुसन्धानका क्रममा पाइएको बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL