Breaking News Saturday, 14 Jan, 2017
Prestige Media

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने

काठमाडौँ, १ माघ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव आज सम्पन्न भएको छ ।

तारेभिर महोत्सवको आज उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभिरलाई चट्टानी बगैँचा (रक गार्डेन) भएको पर्यटकीयस्थल बनाउन कार्ययोजनासहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । सो अवसरमा स्थानीय तामाङ जातिको सांस्कृतिक झाँकीसहित मौलिक गीत र नृत्यको प्रदर्शन गरिएको थियो ।

निकुञ्जभित्र उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सोे स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक विसं २०७१ माघ १ गते महोत्सव आयोजना गरिएको थियो ।

पर्यटकीयस्थल बनाउन घरवास (होम स्टे) को अवधारणा अघि सारेर गृहकार्य सुरु गरिएकै बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर ध्वस्त भएका थिए । घर भत्किए पनि स्थानीयवासीले महोत्सवलाई भने गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL