Breaking News Saturday, 14 Jan, 2017
Prestige Media

भारतीय राजदूतावासद्वारा जुम्लाको दुर्गम गाविसलाई एम्बुलेन्स सहयोग

जुम्ला, १ माघ । जुम्लाको कालिकाखेतु गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ ।

सदरमुकाम जुम्लादेखि ३६ किलोमिटर दूरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दूतावासले उपहारस्वरुप एम्बुलेन्स सहयोग गरेको हो । कालिकाखेतु गाविसको प्राथमिक स्वास्थ्य केन्द्रले आज एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स सेवाको उद्घाटन गरेको हो ।

एम्बुलेन्स सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ पण्डितले भारत सरकारद्वारा सहयोग गरिएको एम्बुलेन्सले सिंजा क्षेत्रसहित आसपासका मुगु र कालीकोट जिल्लाका केही गाविसका जनताको स्वास्थ्यमा आएको खतरामा आपत्कालीन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले यसको सही व्यवस्थापन तथा परिचालन र प्रयोगमा भने यहाँको व्यवस्थापन समितिलगायत गाविसवासीले उचित ध्यान पु¥याउन सुझाउनुभयो । त्यसका साथै उहाँले विद्युत्बिना अस्पताल सञ्चालन हुन नसक्ने भन्दै स्थानीयस्तरबाट त्यसको पहल गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेस जुम्लाका सभापति तथा कालिकाखेतु निवासी दीपबहादुर शाहीले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी एम्बुलेन्स सहयोग गर्ने भारत सरकारलाई हार्दिक धन्यवाद दिनुभयो । सभापति शाहीले ठूलो रोग लाग्दा एम्बुलेन्स सेवा नपाएर यहाँका जनताले मर्नुपर्ने विवशता अब सधैँका लागि टर्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयद्वारा भएको प्रत्यक्ष परोक्ष सहयोगका लागि प्रजिअ पण्डितप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस महासमिति सदस्य लंकबहादुर शाहीले यहाँका जनताको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ लिई एम्बुलेन्स भित्र्याउन विशेष पहल गर्ने प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका प्रमुख डा कमलप्रसाद आचार्यलाई धन्यवाद दिनुभयो । एम्बुलेन्स भने गरिब जनतामुखी भएर सञ्चालन हुनुपर्ने सदस्य शाहीको आग्रह थियो । केन्द्रका प्रमुख डा आचार्यले एम्बुलेन्स मानव जीवनको रक्षक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा तत्काल आउने कठिनाइमा यसले ठूलो सहयोग पुर्याउने जनाउनुभयो ।

यो केन्द्रले सिंजाका ११ गाविसमात्र नभई कालीकोटको माथिल्लो र जुम्लासँग जोडिएका र मुगु जिल्लाका केही गाविस लाभान्वित हुनेछन्, उहाँले भन्नुभयो । यसको सेवा प्रवाहबाट यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउने उहाँको भनाइ थियो । उद्घाटनमा बोल्ने अधिकांश वक्ताले यसको व्यवस्थापन तथा परिचालनमा आउने चुनौतीका विषयमा पनि प्राथमिक स्वास्थ्य केन्द्र र कालिकाखेतु गाविसले जिम्मेवारीसहित स्वामित्व लिनुपर्ने औँल्याएका थिए ।

यता कालिकाखेतु गाविसका स्थानीय महिला ऐना बुढाले आफूले नचिताएको काम भएको बताउँदै आश्चर्य लागेको बताउनुभयो । खासगरी यहाँका सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई एम्बुलेन्सले सहयोग गर्ने उहाँको बुझाइ थियो । छिमेकी गाविस महावैपाथरखोला–९ का शेरबहादुर रोकायाले दुर्गमका जनताको भलाइका लागि एम्बुलेन्स ल्याउन पहल गर्ने र सहयोग गर्ने दुवैलाई धन्यवाद दिनुभयो । गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पुगेपछि कालिकाखेतु गाविसवासी खुसीले गद्गद् भएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL