यी स्थानमा हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घन्टामा सातै प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।
शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ।
देशका पहाडी भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ।







