Breaking News Tuesday, 13 Oct, 2026
Prestige Media

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

बाढीले सडक र मनास्लु पैदलमार्गसमेत ठाउँठाउँमा कटान गरेपछि उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका बस्तीको आवागमन विच्छेद भएको छ भने उद्धार, राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाइ छ

बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्रीस्थित सिर्दिबासदेखि आरुघाटसम्मका दुई सयभन्दा बढी घर बगाएपछि विस्थापित ओतको खोजीमा छन् । बाढीले सडक र मनास्लु पैदलमार्गसमेत ठाउँठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ ।

स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकोप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरे । घरबार गुमाएकाहरूलाई सुरक्षित स्थानमा बसोबासको चिन्ता छ भने बाटो, सडक अवरुद्ध भएका कारण उद्धार, राहत र दैनिक उपयोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाइ देखिएको छ ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले हेलिकोप्टरबाट राहत ल्याएर स्थानीयलाई वितरण गरिएको बताए । पालिकाले बाढीपीडितहरूलाई त्रिपाल र खाद्यान्न वितरण गरिरहेको छ । ‘राहत ल्याउन पनि हेलिकोप्टरबाहेक अर्को विकल्प छैन । क्यान्टिलिभर पुल बगाएपछि चुमभ्यालीतर्फ झन् ठूलो समस्या भयो । फिलिमसम्म आउन पैदलमार्ग पनि भएन,’ उनले भने ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको पनि यस्तै गुनासो छ । ‘आरुघाटभन्दा माथि छेपारे भीरमा बाढीले लेदो ल्याएर सडक कटान गरेको छ । ठाउँ/ठाउँमा लेदो जमेको छ । लेदो पन्छाउन थालिएको छ,’ उनले भने, ‘गाउँपालिकाको केन्द्र माछाखोलासम्म जसरी पनि गाडी पुर्‍याउने गरी काम गरिरहेका छौं । खोलाबेंसी तातोपानीको बीचमा बुढीगण्डकी नदी नै पदमार्गमा बगेको छ । त्यसभन्दा माथि चुमनुब्रीतर्फ जाने उपाय छैन ।’ 

स्थानीयका अनुसार धार्चे गाउँपालिकाको खोर्लाबेंसीदेखि घट्टेखोलासम्मको सडकको अवस्था झनै अस्तव्यस्त छ । उक्त खण्डमा पैदल हिँड्ने बाटोसमेत छैन । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका पुग्ने एकमात्र लार्के सडकका दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएको र बुढीगण्डकीले कटान गरेको स्थानीयले बताएका छन् । ‘छेपारेभीरनेरको बाटो बने माछाखोलासम्म सवारी जेनतेन चलाउन सकिन्छ कि भनेर एक्स्काभेटर लगाएर सफा गर्दै छौं,’ उनले भने, ‘खोर्लाबेंसी र तातोपानीबीचको सडकमा भने नदी नै बगेको छ । त्यहाँबाट मान्छे हिँड्न मिल्ने अवस्था पनि छैन ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका गरी २ सय ४ घरमा बाढीले क्षति पुगेको जनाएको छ । चुमनुब्रीका ४३, धार्चेका ३९, आरुघाटका ६४ र त्रिपुरासन्दुरीका ५८ घरमा क्षति पुगेको विवरण छ ।

आरुघाट गाउँपालिका–३ सोतीका २० घरधुरीमध्ये कोही आफन्तकहाँ त कोही सामुदायिक भवनमा बास बसेर रात कटाएको वडाध्यक्षसमेत रहेका टेकबहादुर अधिकारीले बताए । ‘बुढीगण्डकी किनारमै घर छ, हिजोको बाढीले घरभित्रै लेदो ल्याएर हालिदियो,’ उनले भने, ‘२०७२ को भूकम्पले पनि यो बस्तीका घर हल्लाएको थियो, हिजोको बाढीले पनि जमिन थर्किएर घर हल्लिएको छ, यस्तो घरमा कसरी सुत्नु ?’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL