प्रमुख समाचार Tuesday, 22 Jul, 2025
Prestige Media

राजधानी ढाकास्थित एक विद्यालयमा सैनिक विमान खस्दा कम्तिमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते

Firemen check the wreckage of a Bangladesh Air Force training aircraft that crashed onto a school campus in Dhaka, Bangladesh, Monday, July 21, 2025. (AP Photo/Al-emrun Garjon)
Photo: AP

बंगलादेशको राजधानी ढाकामा तालिममा रहेको सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा एक सय ७० भन्दा बढी घाइते भएको बताइएको छ । बंगलादेश वायुसेनाको एफ–७ बीजीआई विमान उत्तरा क्षेत्रमा दुर्घटना भएको बंगलादेशको सेनाले पुष्टि गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

सो लडाकु विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेटमा उडेको थियो र केही समयमै दुर्घटना भएको थियो । यो घटना बंगलादेशको राजधानी ढाकामा भएको पछिल्लो सबैभन्दा भयावह विमान दुर्घटना मानिएको छ ।

उत्तर क्षेत्रको मिलस्टोन स्कूल र कलेजको परिसरमा भएको दुर्घटनापछि ठूलो आगो र बाक्लो धुवाँको मुस्लो उडेको थियो । घाईते हुनेमा बालबालिका र अभिभावकहरू समेत रहेका छन् । उनीहरुको उपचार भईरहेको समाचार छ ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले दुर्घटनाको कारण छानबिन गर्न आवश्यक उपायहरू अवलम्बन गरिने बताउनुभएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL