प्रमुख समाचार
Thursday, 18 Jul, 2024
सुन मूल्य तीन सयले घट्यो
काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सयले घटेको छ। बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय निर्धारण भएको हो। बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।
त्यस्तै, बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ६० निर्धारण भएको छ।







