प्रमुख समाचार
Monday, 17 Jun, 2024
उपत्यकामा एक सय ५९ जनामा संक्रमण
काठमाडौंमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा संक्रमण देखिएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा वयस्क भई टोकेपछि डेंगु रोग लाग्दछ ।
डेंगुु संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्। लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला,
टायर नराख्न मन्त्रालयले आग्रह गरेको छ।







