Exclusive News Wednesday, 17 Apr, 2024
Prestige Media

एसीसी प्रिमियर कपः नेपालले साउदीलाई ६ विकेटले हरायो

काठमाडौं– नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो। पहिलो ब्याटिङ गरेको साउदीले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य दिएको थियो।
साउदीले दिएको लक्ष्य नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अविजित ३२ रन बनाएका गुलसन झाले १९ बल खेल्ने क्रममा २ छक्का र २ चौका प्रहार गरे।
दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
साउदीका लागि इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनले एक–एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करन केसी र अभिनाश बोहराले २–२ विकेट लिए भने प्रतीष जिसी र ललित राजवंशीले १–१ विकेट लिए।
समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL