Exclusive News Tuesday, 20 Feb, 2024
Prestige Media

चित्रकलामार्फत काठमाडौंमा चिनाइँदै खोटाङ

काठमाडौं। काभ्रेकी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन्। तर, उनले सोमबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे नजिकबाट नियाल्न मौका पाइन्।काठमाडौंको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलबारे जानकारी लिइन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फागुन ५ देखि आयोजना गरेको प्रदर्शनीमा आएकी रोजिनाले भनिन्, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु काठमाडौँमै बसेर अवलोकन गर्न पाउँदा सिंगो खोटाङ कस्तो रहेछ भन्ने थोरै भए पनि जानकारी लिन पाइयो। चित्रकला हेरेपछि खोटाङ मेरो घुम्नैपर्ने सूचीमा परेको छ। त्यहाँ पुगेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल घुम्नेछु।’
काठमाडौंको एक क्याम्पसमा बीबीए पढ्दै गरेकी अर्घाखाँचीकी कुसुम श्रेष्ठ पनि सोही चित्रकला प्रदर्शनीमै भेटिइन्। ‘चित्रकला प्रदर्शनीमा सिंगो खोटाङको रुप झल्किएको पाएँ। अर्घाखाँचीको मान्छेलाई काठमाडौंमै बसेर खोटाङको धर्म, संस्कार, संस्कृति र परम्पराबारेमा चित्रकलामार्फत जानकारी लिने अवसर मिल्यो।’भक्तपुर बस्ने धनगढीका गणेश कडाल पनि श्रीमती र बच्चासहित चित्रकलाप अवलोकनका लागि आएका थिए। चित्रकलाको प्रसंशा गर्दै यसबाट खोटाङको सस्कृति र परम्परा बुझाउने प्रयास गरिएको बताए।राष्ट्रपति रामचन्द्र पौडेलले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा रोजिना, कुसुम र गणेशजस्तै दैनिक करिब पाँच सयले चित्रकला अवलोकन गर्दै आएका छन्।

दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ। दिक्तेलमा गत असोज १७ देखि २१ सम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई संकलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ। देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारले खोटाङका धार्मिक तथा पर्यटकीय स्थल त्रिधार्मिक स्थल हलेसी, जन्तेढुंगा, भुलभुले दूधकुण्डलगायतका ठाउँको क्यानभास चित्र उतारेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के के कर्माचार्यले बताए।
चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएका छन्। अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकार रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रलाई खोटाङमै बोलाएर जिल्लाका दसवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL