प्रमुख समाचार
Wednesday, 27 Dec, 2023
विद्युतीय प्रणालीको प्रयोग बढ्दो
विद्युतीय सवारीसाधन प्रयोग बढिरहेको छ । प्रणालीलाई पनि थप सुधार गर्दै विद्युतीय प्रयोग बढाइएको छ। विद्युतीय भुक्तानीसहितको विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली कार्यान्वयनमा ल्याउन विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्नेसम्बन्धी कार्य कास्कीबाट परीक्षणका रुपमा सञ्चालन भएकामा सोही प्रदेशको बागलुङ र डुम्रेमा पनि विस्तार भएको जनाइएको छ।
विद्युतीय सवारी दर्ता प्रणाली विभिन्न प्रदेशका ११ वटा यातायात व्यवस्था कार्यालयमा जडान भएको छ। सरकारको एकवर्षे अवधिमा थप तीन लाख ९१ हजार सात सय ७४ थान स्मार्ट कार्ड छपाइ भई वितरणका लागि सम्बन्धित कार्यालय पठाइएको छ।
यस अवधिमा थप तीन लाख २८ हजार तीन सय ४१ थान इम्बोस्ड नम्बर प्लेटको उत्पादन भई २२ हजार सात सय ९९ थान वितरण पनि भइसकेको छ।







