प्रमुख समाचार Wednesday, 18 Oct, 2023
Prestige Media

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ।मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।

विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ।अस्पताल विस्फोटलाई इजरायल-हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।

इजरायलले गाजा क्षेत्रमा हवाइ हमला थालेपछि अस्पतालमा हजारौं नागरिकहरू आश्रय लिएर बसेका कारण मृतकको संख्या धेरै हुनसक्ने आकलन  गरिएको छ।

बुधबार बिहानसम्म भग्नावशेषबाट शवहरू निकाल्ने क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ।इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका छन्। हमासले इजरायलमाथि युद्ध नियमविपरित अस्पतालमा हवाइ आक्रमण गरेको आरोप लगाएको छ।

इजरायलले भने हमासकै रकेट प्रहार असफल हुँदा अस्पतालमा विस्फोट भएको बताएको छ।घटनाको विभिन्न मुलुकहरूले निन्दासमेत गरेका छन्।प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासले पनि उक्त घटनाबारे कडा शब्दमा निन्दा गर्दै इजरायलले सबै हद पार गरेको बताएका छन्।

अस्पतालमा आक्रमण हुनुपूर्व नै गाजामा तीन हजार मानिसहरूको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।इजरायलमा पनि कम्तिमा १ हजार ३ सय मानिसहरूको मृत्यु भएको बताइएको छ भने हमासले इजरायलबाट २०० जनालाई बन्धक बनाएर गाजामा राखेको रोयटर्सले उल्लेख गरेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

ग्यास नपाइएको उपभोक्ता गुनासो, आधा सिलिन्डरको सकस कहिलेसम्म ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL