खेलकुद
Tuesday, 18 Jul, 2023
मानबहादुर श्रेष्ठ बने नेपाली भलिबल टिमको नयाँ कप्तान
काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् ।सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।
एसियन गेम्समा नेपाली पुरुष भलिबलको कप्तानी श्रेष्ठले गर्ने छन् ।







