प्रविधि Tuesday, 24 Jan, 2023
Prestige Media

एन्ड्रोइड प्रयोगकर्तालाई ट्वीटरको ‘ब्लू टिक’ महंगो

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो बहुचर्चित ब्लू सब्सक्रिप्सन फिचर झण्डै एक महिना अगाडि लञ्च गरेको थियो । यद्यपि उक्त फिचर केही निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो ।

ट्वीटरले उक्त फिचर केवल आइओएस एप तथा डेस्कटप भर्सनका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको थियो । अब चाहीँ ट्वीटरको ‘ब्लू टिक’ सब्सक्रिप्सन फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत उपलब्ध भएको छ ।

ट्वीटरका अनुसार ट्वीटर ब्लू को प्रयोग अब एन्ड्रोइड प्रयोगकर्ताले समेत गर्न पाउनेछन् । तर ट्वीटरले आइओएस तथा वेब प्रयोगकर्ताका लागि भन्दा एन्ड्रोइड प्रयोगकर्ताका लागि ट्वीटर ब्लु सब्सक्रिप्सनको शुल्क महंगो राखेको छ । अब एन्ड्रोइड प्रयोगकर्ताले ट्वीटरमा ब्लु टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

यद्यपि एन्ड्रोइडमा महंगो शुल्क कायम गरेसँगै ट्वीटरले आइओएस प्रयोगकर्ताका लागि यसअघि राखेको ८ डलर मासिक शुल्कलाई समेत बढाएर ११ डलर नै कायम गरेको छ । वेब भर्सनमा ट्वीटर प्रयोग गर्नेका लागि भने ८ डलर प्रतिमहिना नै कायम गरिएको छ ।

हाल ट्वीटरको ब्लू सब्सक्रिप्सन फिचर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्याण्ड र जापानमा मात्र सुरु गरिएको छ ।

ट्वीटर ब्लू सब्सक्रिप्सनसँगै प्रयोगकर्तालाई निलो चेकमार्क अर्थात् टिक उपलब्ध गराइनेछ । साथै ब्लू सब्सक्रिप्सन गरेका प्रयोगकर्ताका लागि आफ्नो ट्वीट सम्पादन गर्ने, १०८० पिक्सेलको भिडियो अपलोड गर्ने तथा रिडर मोडमा लैजाने लगायतका सुविधा प्राप्त हुनेछन् ।

साथै ब्लू टिक खरीद गरेका प्रयोगकर्ताले ट्वीटरमा अन्य आम प्रयोगकर्ताको तुलनामा कम विज्ञापन हेर्नुपर्नेछ । भेरिफाइड ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई तथा ट्वीटमा समेत प्राथमिकता मिल्नेछ । एजेन्सीको सहयोगमा

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL