प्रविधि
Sunday, 13 Nov, 2022
पाल टेलिकमको २९४ रुपैयाँमा २० जीबी डाटा पाइने चुनावी अफर
ल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ ।यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ ।
एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।







