शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किस्ट अस्पतालमा निधन भएको हो
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किस्ट अस्पतालमा निधन भएको हो ।किस्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरीले ट्वीट गर्दै थप पुष्टि गरेका थिए ।‘सत्यमोहन सर रहनुभएन । अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो’, उनले भनेका थिए ।
२४ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङमय शताब्दी पुरुष जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।स्वास्थ्यमा समस्या देखिएपछि उनी ७ असोजमा किस्ट अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्याका साथै डेंगु पनि देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो ।
शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने
आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ ।ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको हो ।
शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिएको छ । जोशीले मृत्युअघि नै शरीर दान गरेका थिए ।







