प्रमुख समाचार Saturday, 17 Sep, 2022
Prestige Media

अछाम पहिरोमा परी १२ को मृत्यु

शुक्रबार राती २ बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक २ सय मिटर माथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको हो

काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोमा परी अछाममा १२ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले बताएको छ ।


ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए ।उनका अनुसार अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।
अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए ।
अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ । हिँड्ने बाटोसमेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको हो ।

शुक्रबार राती २ बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक २ सय मिटर माथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको हो ।
कतिपय गाउँले निद्रामा थिए । जागेकाहरुले पनि पानीको ठूलो आवाजले पहिरो आएको थाहा पाएनन् । पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिदियो । नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिएका छन् ।
स्थानीय प्रतापबहादुर शाहीका अनुसार बिहान ५ बजेतिर वरपरका छरछिमेकीले नेत्र र रिटको घर पहिरोले सखाप पारेको देखेका थिए ।
‘राती धेरै ठूलो पानी परेको थियो, पहिरो जाँदा कसैले थाहा पाएनन्। बिहान दुई घरका ९ जना पहिरोले लग्दा हामीहरू आत्तिएका छौं। अहिले तत्काल १० घर पनि जोखिममा छन्’, शाहीले भने ।
पहिरोमा पुरिएकामध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ ।
यसअघि नाडा गाउँमा २०४० मा समान्य पहिरो आएको थियो। त्यसपछि लामो समयसम्म यहाँ पहिरो आएको थिएन ।
तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ । यहाँ हिँडेर जाँदा ९ घन्टा बढी समय लाग्छ। यहाँ बाटो र सञ्चार अवरुद्ध हुँदा पहिरो प्रभावितको उद्धारमा थप कठिनाइ भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL