Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

ज्ञानेन्द्रलाई प्रचण्डको धम्की

घोराही, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिँदै दरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा उनलाई धम्की दिएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘उनी धेरै नबोले हुन्छ, जति बोल्छन्, झन् धेरै दुःख पाउँछन्, चुप लागेर बसून्, त्यही राम्रो हुन्छ ।’

‘पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति त्यस्तो केही हैन, उनले धमिलो पानीमा तीर हानेर माछा मर्छ कि भन्ने सोचेका होलान् तर त्यस्तो केही हुँदैन’, प्रधानमन्त्री दाहालले ज्ञानेन्द्रलाई सुझाव दिँदै भने । दाहालले दरबार हत्याकाण्डको उच्चस्तरीय छानबिन हुनुपर्ने दोहोर्‌याएका छन् ।
उनले दरबार हत्यकाण्डलगत्तै आफूहरूले त्यसबारेमा उच्चस्तरीय निष्पक्ष छानबिन गरेर सत्यतथ्यबाहिर ल्याउनुपर्ने माग गर्दै आएको भन्दै अझै पनि त्यही मान्यतामा रहेको बताए । मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रीले दरबार हत्याकाण्ड छानबिनको कुरा प्रस्तावकै रूपमा नल्याएको दाबी उनको थियो ।

‘मन्त्रिपरिषद् बैठकमा मैले राजनीतिक परिस्थितिका बारेमा बिफ्रिङ गरेको थिएँ, त्यसपछि मन्त्रीहरूलाई आफ्ना धारणा राख्न भनें’, दाहालले स्पष्टोक्ति दिए, ‘त्यसपछि मन्त्रीहरूले यस्तो कुरा उठाउनुभएको हो । निर्णय गर्नैपर्ने गरी प्रस्ताव गर्नुभएको होइन तर, दरबार हत्याकाण्डका बारेमा हामी पहिलादेखि नै उच्चस्तरीय र सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने मान्यता राख्छौं ।’

जनयुद्धको ऐतिहासिक थलो रुकुमको चुनबाङमा गुरिल्ला ट्रेकिङ तथा युद्ध संग्रहालय उद्घाटन तथा रोल्पाको घर्तीगाउँमा सहिद मार्गको अवलोकन गरेर दाहाल शनिबार माओवादी केन्द्र प्रदेश नं. ५ का नेताकार्यकर्ताको प्रशिक्षणका लागि दाङ आएका हुन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL