Breaking News Sunday, 4 Sep, 2022
Prestige Media

मेयर बालेनको सय दिन : फोहोर व्यवस्थापनबाहेक अन्य काममा सफलता

मेयर बालेनले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने स्पष्ट पारेका छन्।

काठमाडौं– संघीय राजधानी काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले महानगरको नेतृत्व लिएको आइतबार सय दिन पुगेको छ ।
सय दिने फेहरिस्त सार्वजनिक गर्दै मेयर बालेनले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने स्पष्ट पारेका छन् ।

उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् । तर सय दिनको दौडमा नभई पाँच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झन्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याको पहिचान भएर दिगो समाधानका योजना बनाउन सक्ने भएका छौं ।’

सय दिनमा जगाए आशा


महानगर प्रमुख साहले अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने कामबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । नर्भिक अस्पताललगायतले निर्माण गरेका अनधिकृत संरचना हटाएको विषयमा उनले लेखेका छन्, ‘जे–जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं ।’
यसबारे उनले थप लेखेका छन्, ‘यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौं, सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोख्यौं । आममानिसको आवाज हामीले सम्बन्धित ठाउँसम्म पु¥याउने सेतुका रुपमा मात्रै हामीले ती कार्य गरेका छौं । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।’

उनले फुटपाथमा बसेर व्यापार गर्नेहरुलाई हटाउन थालेको कामको सकारात्मक प्रभाव बानेश्वर, असनलगायतका क्षेत्रमा देखिन थालेको पनि उल्लेख गरेका छन् । साथै, उनले ई–स्पोर्ट्सका लागि एक करोड बजेट, यमबुद्धको शालिक स्थापना र मद्यपानको सन्दर्भमा पनि उनले स्पष्टीकरण दिएका छन् ।

कार्यक्रममा मद्यपान र मुकुट परिवर्तनको बुँदामा उनले लेखेका छन्, ‘मान्छे एउटै जीवनभित्र फरक–फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिका रुपमा प्रेमिल र साथीहरुसँग जिस्किंदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनुपर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहोललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोही रुपमा बुझिदिन हुन आग्रह गर्दछु ।’
यससँगै उनले सार्वजनिक व्यक्तित्व भएका कारण आफ्ना कामले समाजमा पार्न सक्ने प्रभावबारे सजग रहेको पनि बताएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL