Breaking News
Wednesday, 21 Dec, 2016
संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत : कमल थापा
भक्तपुर, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक यथास्थितिमा पारित हुन नसक्ने बताएका छन् ।
बुधबार भक्तपुरमा राप्रपाको मध्यमाञ्चलस्तरीय कार्यकर्ता भेलामा बोल्दै थापाले संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितविपरीत रहेको जिकिर गरे ।
मधेसी मोर्चाका सबै माग देशहितको पक्षमा नरहेको भन्दै उनले मोर्चाका मागहरु सम्बन्धमा दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले संविधान संशोधन प्रस्तावबारे राप्रपासँग छलफल नभएकाले औचित्यका आधारमा समर्थन र विरोध गर्ने बताए ।







