Breaking News Monday, 19 Dec, 2016
Prestige Media

रसियामा विषाक्त मदिरा पिउँदा एकचालिस जनाको मृत्यु

रसिया, ४ पुस । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रुपमा ‘वाथलोसन’ पिएपछि ३३ जनाको मृत्यु भएको पुष्टि भएपछि इरकुस्कमा सोमबार आपतकाल घोषणा गरियो ।

स्थानीय अधिकारीले इरकुृस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रुपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् भने रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ । स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयबिदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताउनुभयो । इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण भएको जनाएको छ ।

अस्पतालमा अझै १५ जना सोही कारण गम्भीर अवस्थामा उपचारारत् भएको जनाइएको छ । लोसनको बोटलमा स्पष्ट उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने सङ्केत भए पनि यहाँका स्थानीयवासीले मदिराको सस्तो विकल्पका रुपमा यसलाई पिउने गरेको पाइएको छ ।

रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले मन्त्री परिषद् बैठकमा उक्त पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने बताउनुभएको छ । प्रधानमन्त्री मालवेदेवले तत्कालैे टेलिभिजन सम्बोधनमार्फत मदिराको प्रयोजनका लागि वाथलोसनको बिक्री हुनु घृणित कार्यभएको बताउँदै यसलाई अन्त्य गर्न आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL