Exclusive News Sunday, 20 Sep, 2020
Prestige Media

डिजिटल इकोनोमी कन्क्लेभ हुँदै

ब्रान्डवर्थ प्रालिको आयोजनामा आउँदो कात्तिक १ मा ‘डिजिटल इकोनोमी कन्क्लेभ– २०२०’ आयोजना हुने भएको छ ।
काठमाडौंमा हुने कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीबारे बृहत छलफल गरिनेछ ।
विभिन्न डिजिटल प्लेटफर्ममार्फत र एपी वान टेलिभिजनमा प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरबारे सरोकारवालामाझ बृहत् छलफल हुने आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।
‘सुलभ इन्टरनेट सेवा तथा स्मार्ट फोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रलाई डिजिटाइजेसनमा लैजाने अवसर दिएको छ,’ गजुरेलले भने, ‘कोरोना महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको बन्दाबन्दीले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ ।’
कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले नियमनकारी निकायद्वारा गर्नुपर्ने नीतिगत व्यवस्थाबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।
वित्तीय सेवा, भुक्तानी सुविधा, इ–कमर्शसम्बन्धी नीति, नियमनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहत् छलफल हुनेछ ।
कोरोना महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी÷निषेधाज्ञाले अर्थतन्त्रका प्रायः सबै अवयव नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ई–कमर्श र डिजिटल बंैकिङ भने फराकिलो हँुदै गएको गजुरेलको तर्क छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको, घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल वालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवामा नेपालीहरु विस्तारै अभ्यस्त हुँदै गजुरेलले बताए ।
उक्त अवसरमा नेपालमा अनलाइन कारोबारमा हुने र हुन सक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL