Exclusive News
Monday, 14 Sep, 2020
मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
कृषि सामाग्री कम्पनीले ठेक्का लिएर पनि समयमै मल नल्लाउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको छ ।
शैलुङ इन्टरप्राइजेज सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको कम्पनी हो । कम्पनीले २५ हजार मेट्रिक टन मल आयात गर्ने ठेक्का लिएको थियो ।
तर मन्त्रालयले म्याद थप गर्दासमेत कम्पनीले मल ल्याउन सकेको थिएन । होनिकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो ।
मल नल्याएपछि कृषि मन्त्री घनश्याम भुसालले यसअघि नै धरौटी जफतको निर्णय भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।







