Breaking News Sunday, 9 Aug, 2026
Prestige Media

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही बाटोमा डोर्‍याएर गन्तव्यमा पुर्‍याउने दाबी गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै भने, ‘यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन । सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस्, हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्‍याउँछौँ ।’ 

सरकारको कामकारबाही र राजनीतिक चर्चाबारे बोल्दै उनले बजारमा फैलिएका राजनीतिक अस्थिरताका हल्लाहरूलाई केवल विकेन्ड स्न्याक्सको रूपमा लिन आग्रह गरे । विगतका नेतृत्वलाई दोष देखाएर उम्किने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उनले अबको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व नयाँ पुस्ताका युवा नेतृत्वले लिने बताए । 

त्यस्तै, निजी क्षेत्रमा देखिएको अन्योलता र त्रासप्रति लक्षित गर्दै लामिछानेले व्यावसायिक क्षेत्रलाई आतङ्कित पार्न नहुने बताए । ‘व्यापार व्यवसाय गर्दा केही कानुन परिपालनमा कमजोरी भएका भए तिनलाई आर्थिक अपराधका रूपमा हेरिनुपर्छ, अन्य अपराधी जसरी समात्ने वा थुन्ने त्रासमा व्यवसायीले काम गर्न सक्दैनन्,’ उनले भने । 

सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने सामर्थ्य राख्ने उनको भनाइ थियो । सरकार बनेको चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL