प्रमुख समाचार
Tuesday, 6 Aug, 2024
बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं–काठमाडौं उपत्यकाका नदीमा जलसतहले सतर्कता पार गरेको छ। बागमतीमा जलसतह बढेसँगै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौं उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।
नदीको पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले यसअघि बिहान बिहान ३ बजेर ३० मिनेटमा पनि उपत्यकाको मनोहरा जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकाले उपत्यकाको नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो।