प्रमुख समाचार Monday, 5 Aug, 2024
Prestige Media

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईले जानकारी दिए।
भेटमा प्रधानमन्त्री र कांग्रेस नेताबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो। युरोपेली संघ ९इयू० ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउँदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ।
छलफलमा कांग्रेस सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, सांसद ईश्वरी न्यौपाने, सञ्जय गौतम, उदयशमशेर राणा, राजन केसी, प्रतिमा गौतम, राजेन्द्र बजगाई, सरिता प्रसाई, रामकृष्ण यादव, पुष्पबहादुर शाही, शान्ति परियार, सीता मिजारलगायत सहभागी थिए।

प्राधिकरणलाई दुई वटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो। उक्त विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

विश्वका पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्रीको आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL