प्रमुख समाचार Wednesday, 31 Jul, 2024
Prestige Media

ललितपुरका विभिन्न स्थान डुबानमा

गए राती परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबेका छन्। ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातीको अविरल वर्षाका कारण ललितपुर महानगर–९ स्थित नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ।
‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौं। बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ’, सूचना अधिकारी सुवेदीले भने।
ललितपुर महानगर–२ सानेपा, वडा–९ शंखमूल, वडा–१ कुपन्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ। महालक्ष्मी नगरपालिका–९ लाकुरीभन्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रे जाने सडक अवरुद्ध भएको छ।
बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन्। बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पीपलको बोट ढलेर सडक अवरुद्ध भएको छ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

बागमती नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेप्से परिसूचकमा पहिरो, १४५ अंकको गिरावट

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

हवाई सुरक्षाबारे प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको छलफल

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL