Exclusive News Wednesday, 31 Jul, 2024
Prestige Media

देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले ३९औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ।
प्राधिकरण सञ्चालक समिति अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विभाग परिसरमा बिरुवा रोेपेर वृक्षारोपणको सुरुआत गरे।
प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन्।
कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटोअनुरुपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन्। जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमा वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो।
प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षारोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन्। विद्युत् नियम आयोगका अध्यक्ष रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतनबहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीले बिरुवा रोपे।
अम्बा, आँप, सुन्तला, हलुवावेद, बेलपत्रलगायतका विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति कम गर्न वृक्षारोपण महत्वपूर्ण कार्यक्रम भएको बताए।
सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधा–अवरोध हटाउन कानुन संशोधनलगायत काम गर्न क्रियाशील रहने प्रतिबद्धता जनाए।
कार्यकारी निर्देशक घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रुख काट्ने मात्र होइन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैंले पनि वृक्षारोपण सुरु गरेको बताए। घिसिङले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी बचेको बिजुली छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको दाबी गरे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL