प्रमुख समाचार
Thursday, 25 Jul, 2024
विमान दुर्घटना जाँचबुझ आयोग गठन
काठमाडौं–सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना छानबिन गर्न सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बुधबार १८ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो।
मन्त्रिपरिषद्को बुधबारको आकस्मिक बैठकले गठन गरेको आयोगमा सुमनको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव छन्।
यस्तै, नेपाल वायु सेवा निगमका क्याप्टेन दीपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य रहेका छन्।