नेप्सेमा हरियाली, ५४ अंकले बढ्दा १२ अर्ब बढीको कारोबार
काठमाडौं– लगातार तीन कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकको उकालो यात्रा कायमै देखिएको छ। आज नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को बिन्दुमा कायम भएको हो। आज तीन सय ६ कम्पनीको तीन करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो ।
आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ। आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले घटेको हो।
सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भएको छ।