Exclusive News Wednesday, 17 Jul, 2024
Prestige Media

सिमलताल पहिरोः कार्यदलले थाल्यो काम

काठमाडौं–गत असार २८ मा चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ। गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।
१० दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ। रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।
आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पारिने कार्यदलले जनाएको छ। बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए। अहिलेसम्म १७ जनाको शव फेला परेको छ। अन्य यात्रुको अवस्था अज्ञात छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL