Exclusive News
Friday, 12 Jul, 2024
२२०० अंकमाथि उक्लियो नेप्से, ७ अर्ब बढीको कारोबार
काठमाडौं। सेयर बजार परिसूचक नेप्से २२ सय अंक माथि उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९।२१ अंकले वृद्धि हुँदै २२ सय ४।६१ बिन्दुमा उक्लिएको हो । बिहीबार ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूहबाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक बिहीबार ३।०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २।४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १।४३ प्रतिशतले बढेको छ। बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेको यो वृद्धि ६ महिनायताकै उच्च हो।